शेयर बजारमा फर्कियाे राैनक,नेप्से परिसूचक ५६.८८ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा फर्कियाे राैनक,नेप्से परिसूचक ५६.८८ अंकले बढ्यो



काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । आज बजार ५६.८८ अंकले बढेर २०२९.३ विन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.९८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.८०अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९६ अंकले बृद्धि भएको छ ।

बिहीबार कारोबारमा आएका २५७ कम्पनीको ८ लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयामा किनबेच भएको छ ।

आज सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको २४.४७, विकास बैंक ११६.५५, वित्त कम्पनीको ८७.६०, जलविद्युत१०५.७६, जीवन बीमा ३८४.३८, उत्पादन तथा प्रशोधन ११२.९६, माइक्रोफाइनान्स ११३.८७, निर्जीबन बीमा ३४८.५३, ट्रेडिङ समूहको उपसूचक४७.०८, अन्य समुहको ४१.९८ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज ७ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा, हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ, सृजनशिल लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र श्वेत–गंगा हाईड्रोपावर कम्पनी रहेका छन् ।

आज नेपाल बैंक डिभेञ्चर र एनएमबी फिफ्टीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारमा आज बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज १२ करोड १४ लाख ७१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १५:४४