पोखरा, २४ पुस । नेपाल टेलिकमले पोखरा–१८ छिनेडाँडा आसपास क्षेत्रमा आधारभूत टेलिफोन सेवा विस्तारका लागि एक्सचेन्ज स्थापना गरेको छ ।
स्थानीयवासीको मागलाई मध्यनजर गर्दै एक्सचेन्ज स्थापना गरेको टेलिकमले जनाएको छ । टेलिकमको एक्सचेन्जले उक्त क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बिस्तार गर्न सहयोग पुग्ने छ ।
संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले एक्सचेन्जको आइतबार उद्घाटन गरे । नयाँ एक्सचेन्जमार्फत उक्त क्षेत्रमा ७ सय ३६ लाइन आधारभूत टेलिफोन र त्यत्तिकै संख्यामा एडिएसएल लाइनमार्फत इन्टरनेट पनि वितरण गर्न सकिने टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यले जानकारी गराए ।
Comment