सेवा विस्तारका लागि टेलिकमको एक्सचेन्ज स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेवा विस्तारका लागि टेलिकमको एक्सचेन्ज स्थापना



पोखरा, २४ पुस  । नेपाल टेलिकमले पोखरा–१८ छिनेडाँडा आसपास क्षेत्रमा आधारभूत टेलिफोन सेवा विस्तारका लागि एक्सचेन्ज स्थापना गरेको छ ।

स्थानीयवासीको मागलाई मध्यनजर गर्दै एक्सचेन्ज स्थापना गरेको टेलिकमले जनाएको छ । टेलिकमको एक्सचेन्जले उक्त क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बिस्तार गर्न सहयोग पुग्ने छ ।

संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले एक्सचेन्जको आइतबार उद्घाटन गरे । नयाँ एक्सचेन्जमार्फत उक्त क्षेत्रमा ७ सय ३६ लाइन आधारभूत टेलिफोन र त्यत्तिकै संख्यामा एडिएसएल लाइनमार्फत इन्टरनेट पनि वितरण गर्न सकिने टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यले जानकारी गराए ।

प्रकाशित : २४ पुष २०७३, आईतवार १३:१३