‘बिग बोस’मा सलमानको पारिश्रमिक , ८ करोड रुपैयाँ प्रति इपिसोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

‘बिग बोस’मा सलमानको पारिश्रमिक , ८ करोड रुपैयाँ प्रति इपिसोड



एजेन्सी। बलिउडका सुपरस्टार सलमान खानले रियालिटी शो ‘बिग बोस’ छोड्नसक्ने चर्चा भारतीय मिडियामा छ। आफ्नो छवी खराब गरिएकाले उनले यस्तो निर्णय गर्नसक्ने अनुमान गरिएको हो। एबीपी न्युजको खबर अनुसार आफ्नो ‘दिलको नजिक’ भएका कारण मात्र यो शो उनले होस्ट गर्दै आएका थिए। अहिले आफ्नो छवी माथी नै प्रहार भएपछि उनले शो होस्ट नगर्ने निर्णय गर्ने सम्भावना रहेको बताइन्छ।

सलमान ‘बिग बोस’ को चौथो सिजन देखि लगातार होस्ट गर्दै छन्। पाँचौँ सिजन मात्र उनले संजय दत्तसंग मिलेर होस्ट गरेका थिए। अघिल्ला केही सिजनमा पनि उनले शो छोड्ने चर्चा चलेपनि ती अहवाह मै सिमित भए। अब यो पटक पनि यो अनुमान मात्र होकी सलमानले शो साच्चै छोड्छन् यो भने भविष्यले नै बताउला।

८ करोड रुपैयाँ प्रति इपिसोड पारिश्रमिक

‘बिग बोस’ को १० औँ सिजनको लागि सलमानले ८ करोड रुपैयाँ (भारु)  प्रति एपिसोड फिस लिइरहेका छन्। उनले विकेन्डमा (शनिबार र आइतबार) शो होस्ट गर्ने गर्छन्।

प्रकाशित : २४ पुष २०७३, आईतवार १३:०९