काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय आइतबार सकिँदैछ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन् ।
यता, सत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा भने पुग्न सकेका छैनन् ।
Comment