तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य स्थिर रहँदै तोलाका १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 25 December, 2022 11:31 am