सुनको मुल्य तोलामा ४०० रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ४०० रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १ पुष २०७९, शुक्रबार ११:४७