इक्रा नेपालले ७२.१७ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २२ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

इक्रा नेपालले ७२.१७ प्रतिशत लाभांश दिने, साधारण सभा पुस २२ गते



काठमाडौं । इक्रा नेपालले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७२.१७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले नाफाबाट ५२.१७ प्रतिशत कर सहितको नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले पुस २२ गते १० औं बार्षिक साधारणसभा बोलाएको छ ।

सभामा कम्पनीको जारी तथा चुक्ता पुँजी बृद्धि गरि प्रबन्धपत्र तथा नियमावली संशोधन,आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा एलोफ्ट होटल ठमेलमा हुनेछ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १२:१४