झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक २.६२ अंक घटेर १८९७.८ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.१२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.३९ अंकले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २४६ कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख ७७ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज, शेयर बजारमा सामान्य गिरावट आउँदा नेप्सेका १३ उपसमूहमध्ये वित्त कम्पनी १.९१, होटल समूह १९.४७, उत्पादन तथा प्रशोधन १२.५६ र जलविद्युत ५‍‍.६५ अंक बढेको छ । त्यस्तै, बैकिङ समूहको ३.९९, विकास बैंक१२.४२,जीबन बीमा २६.१४, माइक्रोफाइनान्स ७.०९, निर्जीबन बीमा ३.८२, अन्य समूहको २.९४ र ट्रेडिङ समूहको उपसूचक ०.०८ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८६.२० रुपैयाँ पुगेको छ भने इष्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २३७.६० रुपैयाँ पुगेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज ५ करोड ३९ लाख १३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 14 December, 2022 3:43 pm