सुनको मुल्य तोलामा दुई सय रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा दुई सय रुपैंयाले घट्यो



काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो

प्रकाशित : 13 December, 2022 12:03 pm