तरलता सहज हुँदै गएको छ : गभर्नर अधिकारीबढ्दो लागत र घट्दो नाफाले चिन्ता बढायोः बैंकर्स एशोसियशनका अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तरलता सहज हुँदै गएको छ : गभर्नर अधिकारी
बढ्दो लागत र घट्दो नाफाले चिन्ता बढायोः बैंकर्स एशोसियशनका अध्यक्ष



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता सहज हुँदै गएको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारण सभामा बोल्दै उनले देशको अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै बैंकिङ च्यानलमा तरलताको उपलब्धता बढ्दै गएको बताएका हुन् । उनले अन्तर बैंक दर ८.५०% बाट ७.०७% मा झरेको समेत जानकारी दिए । सबै बैंकहरुको सीडी रेसियो ९०% तल झरेको उनले बताए ।

उनले वित्तीय क्षेत्र ट्रयाकमा आएको बताए । नेपालको अर्थतन्त्रमा संरचनात्मक समस्या भएको भन्दै उनले मुख्य ड्राइभर रेमिट्यान्स रहेको उल्लेख गरे । यसबाट सिफ्ट हुनुपर्ने समेत उनको भनाइ छ । गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको जानकारी दिए ।

नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष अनिल उपाध्यायले बैंकहरुको बढ्दो लागत र घट्दो नाफा चिन्ताको विषय बनेको बताएका छन् ।

उपाध्यायले भने, ‘बैंकहरुको बढ्दो स्रोतको लागत, रिक्स बेस्ड प्राइसिङ, घट्दो स्प्रेडदर तथा रिर्टन अन इक्विटिमा निरन्तर गिरावट चिन्ताको विषय हुन् ।’ साथै, उनले एकातिर सरकारको तीब्र आर्थिक वृद्धिको लक्ष्य तर अर्कोतर्फ मौद्रिक नीतिको लक्ष्यबमोजिम विदेशी विनिमय संचिति व्यवस्थापन गर्ने तथा बैंकिङ क्षेत्रमा ब्याजदर स्थायित्व कायम गर्ने कुराको त्रिकोणात्मक मिलनविन्दु पनि चुनौतिको विषय रहेको बताए ।

कृषि विकास बैंकका सीईओसमेत रहेका अध्यक्ष उपाध्यायले विद्युमान बैंकिङ चुनौतिहरुमा उच्च ब्याजदर, स्रोत संकलन गुणस्तरीय नहुनु, अर्थतन्त्रमा आएको मन्दी, बढ्दो ब्यापार घाटाका कारण तरलतामा परेको चापले गर्दा कर्जाको गुणस्तरमा चाप परेको बताए । राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षामा बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको देखिएको छ । आउँदो पुससम्ममा यस्तो कर्जा गएको असार मसान्तको तुलनामा दोब्बर हुने अनुमान गरिएको छ ।

बढ्दो कर्जाको ब्याजदर र मुद्रास्फीतिका कारण उद्योगी व्यवसायी उत्पादनमूखी हुन नसकेको स्वीकार गर्दै उपाध्यायले एसएमई क्षेत्रको स्रोत संकलनमा कमजोर पहुँच रहेको बताए । उनले गएको दुई बर्ष नेपालको आर्थिक तथा बैंकिङ क्षेत्र उतारचढाव र असन्तुलनमा गुज्रिएको बताए ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार ०८:३४