इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको भन्ने खबर सत्यता छैनः एनसेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको भन्ने खबर सत्यता छैनः एनसेल



काठमाडाैं । एनसेलले कुनै पनि इन्टरनेट कम्पनी खरिद नगरेको जानकारी दिएको छ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै मिडियाले समाचार प्रकासन गरेपछि एनसेलले ती समाचार अपरिपक्व र अनुमानमा आधारित आएको समेत दावी गरेको छ । साथै उसले यस्तो दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको पनि बताएको छ ।

कम्पनीले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ यस सम्बन्धमा गहन छलफल र मूल्यांकनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत प्रतिबद्ध रहेको बताएको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु नै लक्ष्य रहेको उसको भनाइ छ ।

कम्पनीले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको तथा आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको बताएको छ ।

एनसेलले गर्ने निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले एनसेलसँग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन पनि एनसेलले सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार १३:४४