दश ठूला बैंककाे पोर्टफोलियो रिभ्यु तत्काल गर्न सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दश ठूला बैंककाे पोर्टफोलियो रिभ्यु तत्काल गर्न सुझाव



काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले१०  ठूला बैंकको  एसेट पोर्टफोलियो रिभ्यु तत्काल गर्नुपर्ने बताएको छ । बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पूँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उसको भनाइ छ ।

त्यस्तै, आईएमएफले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनमा भएको हालैको संशोधनलाई आईएमएफले स्वागत गरेको छ तर नेपाल राष्ट्रबैंक ऐनमा संशोधन तथा राष्ट्रबैंकको बाह्यलेखापरीक्षणलाई  प्राथमिकतामा राख्नुपर्ने कुरामा पनि जोड दिएको छ । त्यस्तै बचत तथा ऋण सहकारीको जोखिमलाई सम्बोधन गर्ने कामलाई प्राथमिकतामा राख्न पनि उसले सरकारलाई सुझाव दिएको छ ।

,दिगो, बलियो तथा समावेशी आर्थिक वृद्धिको बाटोमा मुलुकलाई बनाउनका लागि सुधारलाई प्राथामिकतामा राख्नु पर्ने आइएमएफको सुझाव छ । ‘यसका लागि सार्वजनिक खर्चको कार्यान्वयनलाई तीव्रता दिनु, आन्तरिक राजस्व परिचालनलाई अझै बलियो बनाउनु तथा बालबालिकाको अनुदानको भुक्तानी तत्काल हुनुपर्छ’, आईएमएफले जनाएको छ ।

केहि दिन अघि मात्र आइएमएफको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग भेटघाट गरेको थियो ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १२:३०