यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट छानिएका चार दलका सांसद (नामावलीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट छानिएका चार दलका सांसद (नामावलीसहित)



नेपाली कांग्रेस

नेपाली कांग्रेसले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि बन्दसूचीबाट समावेशिताको आधारमा ३२ जना सांसदको नाम टुंगो लगाएका हुन् ।

३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बन्ने भएका हुन् । जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत चयन भएका छन् । आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ भने सांसद चयन हुन सकेनन् ।

समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिला प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमतीसमेत रहेकी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती पनि परेका छन् ।

कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ।

दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्। मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्। यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

नेकपा (एमाले)

नेकपा (एमाले)ले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसद चयन गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम छनोट गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेबाट समानुपातिकमा छानिनेहरूको सूची यस्तो छ ।

१ देवीप्रसाद भट्ट चन्द

२ हेमराज राई

३ कालुराम राई

४ नैनकला थापा मगर

५ सूर्यकुमारी श्रेष्ठ

६ उर्मिला थेवे

७ इश्वरी घर्ती

८ रणकुमारी बलम्पाकीमगर

९ शान्ति श्रेष्ठ

१० सरस्वती सुब्बा

११ रघुजी पन्त

१२ एकनाथ ढकाल

१३ दयालबहादुर शाही

१४ मेनुकाकुमारी पोखरेल

१५ सरिता भुसाल

१६ सोभा ज्ञवाली

१७ विजुला रायमाझी

१८ निर्मला कोइराला

१९ सम्झना थपलिया

२० दिपा शर्मा

२१ सुनिता बराल

२२ आश्मा कुमारी चैधरी

२३ शान्ति चौधरी

२४ इश्वरबहादुर रिजाल

२५ प्रभु हजारा पाश्वान

२६ चन्द्रबहादुर विश्वकर्मा

२७ रुकमणी राणा बराइली

२८ हर्कमाया विश्वकर्मा

२९ गंगा प्रसाद यादव

३० अमृतराज लालवंशी

३१ विना देवि

३२ अमृतादेवि अग्रहरी

३३ प्रतिक्षा तिवारी मुखिया

३४ सराज अहमद फारखी

नेकपा(माओवादी केन्द्र)

नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ १४ जना सांसद चयान गरेको छ । आज बसेको पदाधिकारी बैठकले समानुपातिकबाट १४ सांसदको नाम चयन गरेको हो ।

माओवादी केन्द्रबाट समानुपातिकतर्फ छनोट भएकाहरुको सूची हेर्नुहोस्

आदिवासी जनजाति महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मीना यादव

अमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मिया

राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ सांसदको टुंगो लगाएको छ । केन्द्रीय समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप १३ जना समानुपातिक सांसदको टुंगो लगाएको हो ।

जसअनुसार खसआर्यतर्फ डा.चन्दा कार्की,डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायतलाई चयन गरेको छ । दलिततर्फ सन्तोस परियार र शिव नेपालीलाई छनोट गरेको छ ।

यस्तै आदिवासी जनजातीतर्फ डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठलाई चयन गरेको छ ।
मधेशीतर्फ लक्ष्मी तिवारी र मनिष झा रहेका छन् भने थारुतर्फ अशोककुमार चौधरी र मुस्लिमतर्फ असिम साह रहेका छन् ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार १८:४५