दोहोरो अंकले घट्याे शेयर बजार , कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्याे शेयर बजार , कारोबार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.६९ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर १ अर्ब ६७ करोड ४ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकममा भने बृद्धि भएको छ । आइतबार १ अर्ब ५६ करोड १७ लाख २ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।

सोमबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक राताम्मे भएका छन् ।बैकिङ समूहको ९.७८, विकास बैंक ५३.२१, वित्त कम्पनी ३६.७५, जलविद्युत ३५.०८, जीवन बीमा १३५.९२, उत्पादन तथा प्रशोधन १२३.४७, माइक्रोफाइनान्स ५८.५७, निर्जीबन बीमा ९१.९५, अन्य समूहको २८.२७ र ट्रेडिङ समूहको उपसूचक २६.२९ अंकले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा सयपत्री हाइड्रोपावरको शेयरमूल्य भने ३.१२ प्रतिशत बढेको छ। सोमबार सर्वाधिक गुमाउनेमा अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ता रहेका छन् । यसको शेयर ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ३० करोड ८३ लाख ५७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार १५:४२