सुनको मुल्य १ लाख नजिक, चाँदीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य १ लाख नजिक, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य फेरि उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको हाे।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 4 December, 2022 12:00 pm