काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले बिहीबार यी दुवै कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो।
प्रिमियर इन्सुरेन्स र सिद्धार्थ इन्सुरेन्सबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले शेयर कारोबार रोक्का राखेको थियो ।
आगामी आइतबारदेखि प्रिमियर इन्सुरेन्स र प्रभु इन्सुरेन्सको शेयर कारोबार खुला हुनेछ । सिद्धार्थ इन्सुरेन्सको शेयर कारोबार यसअघिनै फुकुवा भइसकेको छ ।
Comment