काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से २.९९ अंकले बढेर एक हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार नेप्से १५.६१ अंकले घटेर एक हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको थियो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ।
आज कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको करोबार भएको छ । सोमबार नेप्सेमा नेप्सेमा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएका भएको थियो ।
कारोबार भएका २३४ कम्पनीहरुमध्ये १२० वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता २६६ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ९ करोड ७२ लाख ७५ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment