सुनको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ कायम भएको । सोमबार पनि छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतिताेला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 29 November, 2022 11:56 am