सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने दिन चम्किएको बजार समीक्षा सार्वजनिक पश्चात् दोहोरो अंकले घटेको छ । केन्द्रीय बैंकले ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापनमा भूमिका खेल्ने जनाए पनि बजारले भने केन्द्रीय बैंकको आश्वासन नपत्याएको सोमबारको बजारले देखाएको छ ।

सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा अडिएको छ । यस दिन करिब साढे १ अर्बको सेयर कारोबार भएको छ । यस दिन हिमालयन डिस्टिलरीको सेयर कारोबार सबैभन्दा बढी भएको छ ।

सोमबार खप्तड लघुवित्त वित्तीय संस्था, गरिमा डिबेन्चर २०८५, र नेपाल ल्यूव आयलको सेयरले सबैभन्दा बढी कमाएको छ ।

प्रकाशित : 28 November, 2022 3:54 pm