काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको हो । बिहीबार नेप्से ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ।
आज शेयरबजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको करोबार भएको छ । बिहीबार नेप्सेमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको करोबार भएको थियो ।
कारोबार भएका २३३ कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने २० वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ९७४ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज एनएमबी आइब्रिड फण्ड एल–१ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४५ करोड ४ लाख ७ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment