आरएमडीसी र साना किसान विकास लघुवित्तको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएमडीसी र साना किसान विकास लघुवित्तको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वटा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । बुधबार आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेले फुकुवा गरेको हो ।

नेप्सेले आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरेको छ । आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त एकआपसमा मर्जरमा जानका लागि सम्झौता भएपनि कारोबार रोक्का भएको थियो । बुधबार भने फुकुवा भएको छ । दुवै संस्थाको भोली बिहीबारदेखि शेयर कारोबार हुनेछ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार १६:२९