काठमाडौं। सरकारले मंसिर ७ गते बुधबार बढी कर तिरेर राजश्वमा प्रत्येक वर्ष मंसिर १ गते करदातालाई सम्मान गर्दै आएकामा निर्वाचन आचारसंहिताका कारण यो वर्ष ७ गतेलाई सारिएको आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले जानकारी दिए। ठूलो योगदान दिएका करदातालाई सम्मान गर्ने भएको छ।
विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन १ मंसिरलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ। २०५४ मंसिर १ गतेदेखि सरकारले भ्याट लागू गरेको हो।
‘स्वेच्छिक सहभागितासहितको फराकिलो करधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराको साथ राष्ट्रिय कर दिवस मनाइएको छ।
गत वर्ष सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको थियाे। निर्यात उद्योगतर्फ भारतीय लगानीको डाबर नेपाल, व्यक्तिगतततर्फ सर्वाधिक आय कर तिर्नेमा तारा म्यानेजम्यान्टका अध्यक्ष सिद्धार्थ राणा भएका थिए।
उनी हरेक वर्ष सबैभन्दा बढी आय कर तिरेर सम्मानित हुँदै आएका थिए। गत वर्ष राणा दोस्रोमा थिए भने जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर साह सर्वाधिक आयकर बुझाउनेको सूचीमा परेका थिए।





Comment