काठमाडौं, १८ पुस । कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको हकप्रद आज पुस १८ देखि खुला गरेको छ । बैंकको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको हो ।
कहाँ-कहाँबाट दिने आवेदन
लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखा तथा कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Comment