श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अटो

श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । पोखरा क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

पोखरामा आज एसोसिएसनको १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । एसोसिएनको निवर्तमान अध्यक्ष मोहनबाबु खड्का छन् । त्यसैगरी एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन केसी र सचिवमा विनय थापा चयन भएका छन् ।

कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरुज बाटाजू निर्वाचित भएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको विशेष आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मोहनबाबु खड्काले नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल र अग्रज व्यवसायी वसन्त प्रधानलाई सम्मान गरेका थिए ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार १६:३६ 13 November, 2022 4:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।