काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा पुगेर बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ।
यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।
नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।





Comment