अाज बस्ने प्रभु बैंकको साधारणसभामा के हुँदै छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाज बस्ने प्रभु बैंकको साधारणसभामा के हुँदै छ ?



काठमाडौं, ८ पुस  । प्रभु बैंकको आज १५ औं साधारण सभा बैंङ्कको केन्दिय कार्यालय, बबरमहलमा दिउँसो १:३० बजे हुँदैछ । बैंकको गत मंसिर ९ गते बसेको १५ औँ संचालक समितिको बैठकले ४० प्रतिशत (१० बराबर ४ को दरले) हकप्रद शेयर प्रस्ताब गरेको थियो ।  सो प्रस्ताबलाई अाजको साधारण सभाले पारित गर्ने छ ।  २०७२/७३ को वार्षिक प्रतिबेदनमा छलफल, नयाँ एडिटरको नियुक्ति आदिको बारे पनि छलफल गर्ने बैंकले जनाएको छ ।

हाल बैंक को चुक्ता पूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ रहेकोले उक्त नयाँ हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्याउन प्रिमियम मूल्यमा नयाँ साधारण शेयर (एफपीओ) जारी गर्ने निश्कर्षामा बैंक पुगेको छ ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार ०५:२९