ज्योतिपुञ्ज साकोसमा नयाँ समिति, जगेडा कोषमा ९ करोड ९३ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ज्योतिपुञ्ज साकोसमा नयाँ समिति, जगेडा कोषमा ९ करोड ९३ लाख



काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थामा नविन श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको १२औंं वार्षिक साधारण सभाबाट सात जनाको संचालक तथा तीन जनाको लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा रामेश्वर थापा सचिवमा संगित प्रधान, कोषाध्यक्षमा सावित्रा कार्की चयन भएका छन् । त्यसैगरी सदस्यमा प्रकाश श्रेष्ठ, बबीता अमात्य र गौरी कुमार खत्री निर्विरोध निर्वाचित भएका छन् । सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा निशिमा आचार्य तथा सदस्यहरुमा एलिना थापा र गीता राउतलाई निर्विरोध चयन गरेको छ ।

संस्थाको १२ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष नवराज कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कोष बृद्धि हुँदैगएको बताए । उनले संस्थाको मेरुदण्ड नै कोष भइकोले संस्था मजबुत रहेको पनि बताए । उनले संस्थाको जगेडा कोषमा ९ करोड ९३ लाख र कुल संस्थागत पुँजी १० करोड ८६ लाख रहेको जानकारी दिए ।

त्यसैगरी अन्य कोषमा २ करोड ६५ लाख रहेको जानकारी दिए । अध्यक्ष कार्कीले संस्थाको तरलता (लगानीयोग्य रकम) २० करोड १२ लाख (१५.४४ प्रतिशत) तथा खुद मुनाफा ४ करोड ८७ लाख नाफा रहेको जनाए ।आर्थिक वर्ष ०७९/८० मा संस्थाको खुद मुनाफा ४ करोड ८७ लाख भएको संस्थाले जनाएको छ ।

१० करोड ५२ लाख सेयर पुँजी पुगेको जानकारी दिए । संस्थाले १ अर्ब ३० करोड निक्षेप संकलन गरी १ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ । अध्यक्ष कार्कीले ३ हजार ५ सय ८४ सदस्य पुगेको बताए । संस्थाले एकाइगत बार्षिक साधारण सभा गरेको हो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कोषाध्यक्ष दिपक पनेरुलगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाले बार्षिक साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ठ बचतकर्ता तथा कर्मचारीलाई सम्मान गरेको थियो । संस्थाको १२ औँ बार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश बिरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १७:५०