हाम्रो साकोसलाई उत्कृष्ट व्यवसाय पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो साकोसलाई उत्कृष्ट व्यवसाय पुरस्कार



ललितपुर । लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २८औं वार्षिक साधारण सभाको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले संस्थाका अध्यक्ष शम्भु फुँयाल, प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरे लगायत संस्थाका प्रतिनिधिलाई उक्त पुरस्कार प्रदान गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट संस्थाले उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको हो ।

संस्थामा ६ हजार ९ सय सदस्य आवद्ध भएका छन् । १६ करोड रुपैयाँ सेयर पुँजी रहेको हाम्रो साकोसको संस्थागत पुँजी १२ करोड रुपैयाँ रहेको छ । बचत १ अर्ब १५ करोड रुपैयाँ बचत रहेको संस्थाको वासलात १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १७:२२