काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कार्यबहाक अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा बजारमा चर्चा गरेजति समस्या नरहेको बताएका छन् । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा बोल्दै उनले सो धारणा राखेका हुन् । सहकारी अभियानमा सुधारको आवश्यकता औंल्याउँदै उनले मिडियाले धमिलिएको सहकारी अभियानलाई सङ्ल्याउने काम गर्नुपर्ने भनाई राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए ।
१९ भाद्र २०७९, आईतवार १६:१४
Comment