काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंक वित्तीय संस्थाले तरलताको अभाव टार्न ल्याएको अस्वभाविक स्किमले गर्दा सहकारी क्षेत्रको तरलता प्रभावित भएको बताएकी छिन । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा बोल्दै बोल्दै उनले यस्तो बैंकहरुले ल्याएको नयाँ स्किमले सहकारी क्षेत्र नै पीडित बनाएको जिकिर गरिन ।
‘मैले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,’ उनले भनिन , ‘यही स्किमले सहकारी क्षेत्र पीडित भएको हो ।’ सहकारी सदस्यहरुको स्वनियमन र नियन्त्रणमा संचालन हुने संस्था भएकाले समस्या उत्पन्न हुनुमा संचालकहरुका साथै सदस्यहरुको पनि दोष रहेको भनाई राखिन् ।
‘सदस्यहरुले आफ्नो जिम्मेवारी महसुस गर्नुभएन,’ उनले , ‘सदस्यले आफ्नो अधिकार खोज्ने मात्र नभई कर्तव्य पनि निर्वाह गर्नुपर्छ ।’वरिष्ठ उपाध्यक्ष मल्लले समुदायमा आधारित सहकारीमा समस्या नरहेको प्रष्ट पार्दै पारिवारिकरुपमा संचालित तथा मूल्य, मान्यता, सिद्धान्त र नियम कानुन पालना नगर्ने सहकारीमा समस्या देखिएको भनाई राखिन ।
विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको बताइन् । सहकारी संस्थाहरु स्वनियमन, अनुशासन र शुसानको अभ्यास गरिनै रहेको बताउँदै उनले केही सीमित सहकारीको कारण सहकारी क्षेत्र नै बदनामी बन्नु परेको धारणा राखिन् ।
Comment