सेयर बजार स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

सेयर बजार स्थिर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

sfनिकै उतार चढाबकाबीच सेयर बजार स्थिर बनेको छ । कारोबारको सुरुदेखि गिरावट आएको बजारमा अन्तिम एक घन्टामा भने निकै सुधार देखिएको छ । अन्तिम एक घन्टामा देखिएको सुधारले बजारलाई स्थिर भएको छ ।

पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदो अवस्थामा छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने आशामा रहेका लगानीकर्ताहरुमा निराशापन छाएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग सम्बोधन हुन नसक्दा पुँजीबजार सुधार नभएको लगानीकर्ताहरुको भनाई छ ।

आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा, माइक्रोफाइनान्स, निर्जिवन बीमा, फाइनान्स, हाइड्रोपावर, विकास बैंक र होटल तथा पर्यटन समूह बढेको छ भने ६ उपसूचक राताम्य छन् ।

प्रकाशित : १६ भदौ २०७९, बिहिबार १६:०९ 1 September, 2022 4:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।