५० प्रतिशत हकप्रद सेयर ल्याउने तयारीमा यति डेभलपमेन्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

५० प्रतिशत हकप्रद सेयर ल्याउने तयारीमा यति डेभलपमेन्ट बैंक



काठमाडौ ५ पुस । यति डेभलपमेन्ट बैंक ५० प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति माग्न धितोत्रप बोर्ड पुगेको छ । यतिले ६९ करोड ३१ लाख १६ हजार ६ सय ७२ रूपैयाँको ६९ लाख ३१ हजार एक सय ६६.७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले तोेकेको प्रावधान अनुसार चुक्ता पुँजी बढाउन यतिले हकप्रदको बाटो रोजेको हो ।  धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद निष्कासन प्रक्रिया सुरु हुने बैंकले जानकारी दिएको छ ।

यतिको हकप्रदमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिङले गर्दैछ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार यतिको चुक्ता पुँजी एक अर्ब ३८ करोड ६२ लाख ३३ हजार रूपैयाँ छ ।

५० प्रतिशत हकप्रद सेयर बिक्री गरेपछि बैंकको चुक्ता पुँजी दुई अर्बभन्दा माथि पुग्नेछ । बैंकको जगेडा कोषमा ११ करोड ५२ लाख १६ हजार रूपैयाँ जम्मा भएको छ । यतिको प्रतिसेयर आम्दानी एक रुपैयाँ १९ पैसा हुँदा प्रतिसेयर नेटवर्थ १०८ रूपैयाँ ३१ पैसा छ ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार १०:४६