जेष्ट आइडियोलोजी साकोसको साधारणसभा भदाै ३१मा , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोसको साधारणसभा भदाै ३१मा , यस्ता छन् एजेन्डा



काठमाडाैँ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा भदाैँ ३१ गते हुने भएको छ । संस्थाले एक सूचना प्रकाशन गरि साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको साधारणसभा काठमाडाै बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ९ बजे गर्ने भएको हो ।

सभामा संचालक समितिको तर्फबाट आ.ब. २०७८/०७९ को अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल गर्ने त्यसैगरी सोही आवको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने जनाएको छ ।

त्यसैगरी सभामा संस्थाको चालू आ.ब. २०७९/०८० को नीति, कार्यक्रम, सञ्चालक समिति र लेखा समितिको निर्वाचन गर्ने सभामा संस्था एकिकरण (मर्जर) संस्थाको भवन तथा जग्गा प्राप्ति गर्ने लगायतका विषयमा छलफल हुने संस्थाले जनाएको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलवार १२:५२