सबैको साकोसले आगामी ४ वर्षमा तीन अर्व पुँजी पुर्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैको साकोसले आगामी ४ वर्षमा तीन अर्व पुँजी पुर्याउने



रुपन्देही । तिलोत्तमा ५, रुपन्देही स्थित सबैको बचत तथा ऋण सहकारी संस्थाले आगामी ४ वर्षमा तीन अर्व पुँजी पुर्याउने योजना बनाएको छ । ११ वटा सहकारी मर्जरपश्चात पहिलो पटक चार बर्षे रणनीतिक व्यावसायिक योजना निर्माण गर्दै संस्थाले आगामी ४ बर्षमा कुल ३ अर्ब पुँजी र १२ हजार सदस्य बनाउने लक्ष सहितको रणनीति तय गरेको छ ।

गत बर्ष ११ वटा सहकारी संस्थाहरु एकीकृत भई सञ्चालनमा आएको सहकारी संस्थाले पहिलो रणनीतिक योजना तर्जुमा गरेको हो । संस्थाको हाल १ अर्व कुल पुँजी छ । शुक्रबार र शनिबार सम्पन्न कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, सेवा केन्द्र व्यवस्थापन उप समिति तथा विभिन्न उपसमिति सदस्यहरु सहभागी थिए ।

सहकारी संस्थाको दिगो विकास र विस्तार एवं पूर्ण रुपले सदस्य केन्द्रित सहकारी र सदस्य मैत्री कारोवार एवं ब्यवहारका लागि यो रणनैतिक योजना महत्वपूर्ण हुने सहकारी सदस्य प्रा.डा. गणेश पाठकले जानकारी दिए ।

हाल सहकारीमा ५८७० जना सदस्य रहेको संस्था निकट भविष्यमै स्तरिकरण कार्यक्रममा सहभागि हुने समेत योजनामा उल्लेख गरेको छ । सदस्यको सन्तुष्टि र आन्तरिक सुशासनमा मात्र सहकारीको विकास संभव भएको कुरा सल्लाहकार प्रा.डा. रामचन्द्र आचार्यले बताउनु भयो ।

रणनैतिक योजना तयारी कार्यशालाको सहजीकरण नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले गरेका थिए । संस्थाका अध्यक्ष भरत भूसालको अध्यक्षतामा सञ्चालित कार्यशालामा ५० जना सहभागी थिए ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १६:२३