यो साता २.२९ प्रतिशतले घट्यो बजार, यी हुन यससाता धेरै घाटामा गएका टप ५ कम्पनीहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यो साता २.२९ प्रतिशतले घट्यो बजार, यी हुन यससाता धेरै घाटामा गएका टप ५ कम्पनीहरु



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)मा दुई सय १४ वटा कम्पनीहरुको एक लाख ९३ हजार ८०७ वटा कारोवार भएको छ । जसअनुसार २ करोड २५ लाख ४१ हजार ७८० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९ अर्ब ४९ करोड २२ लाख रुपैंया बराबरको पुगेको हो ।

कारोबारको पहिलो दिन २०७०.०६ अंकमा खुलेको बजार २.२९ प्रतिशतले घटेर साताको अन्तिम दिन २०२२.६२ अंकमा बन्द भयो । यो हप्ता ६ दिन कारोबार भएको नेप्सेमा दुई दिन समान्य बढेको बजार हप्तामा चार दिन ओरालो लागेको छ ।

यो साता उच्च बिन्दु २०८९.२५ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु २०१८.१८ अंक बनाएको थियो ।

यो साता सबैभन्दा धेरै कमाउने टप ५ कम्पनीहरु
यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा अप्पर हेवाखोला हाईड्रोपावर कम्पनी रहेको छ । यसका शेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको शेयरमुल्य ६६.३१ प्रतिशतले बृद्धि भएको छ।

त्यसैगरी दोस्रो सबैभन्दा बढी कमाएको कम्पनी रुरु जलविद्युत परियोजना रहेको छ । यसका लगानीकर्ताले २६.०७ प्रतिशत कमाएका छन् । यो साता बढेको कम्पनीमा नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था पनि हो । यसको शेयर १.७१ प्रतिशतले बढेको छ। यो संगै अर्को कमाउने कम्पनीमा हिमालयन बैंक पनि छ । यो कम्पनीको यस हप्ता लगभग १.५५ प्रतिशतले बृद्धि भएको छ। अन्तिममा यस साता कमाउनेमा सनराइज ब्यूचिप फण्ड रहेको छ भने यसको शेयरमुल्य १.२७ प्रतिशतले बढेर बन्द भएको छ।

यो साता सबैभन्दा धेरै घाटामा गएका टप ५ कम्पनीहरु

यस साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा दोर्दी खोला जलविद्युत कम्पनी रहेको छ । यसका शेयर लगानीकर्ताले यो साता सबैभन्दा बढी गुमाएका छन्। यसको शेयरमुल्यमा १६.२६ प्रतिशतले गिरावट आएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने दोस्रोमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ रहेको छ । जसका लगानीकर्ताले १४.४९ प्रतिशतले घाटा बेहोरेका छन् । तेस्रो स्थानमा रहेको छ रिलायन्स फाइनान्स लिमिटेड,यस कम्पनीको १०.३९ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै अर्र्का यो हप्ता घट्ने कम्पनीमा राधी विद्युत कम्पनी लिमिटेड रहेको छ । यसको शेयर १०.२९ प्रतिशतले घटेको छ । अन्तिममा यस साता घट्ने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । जसको शेयरमुल्य ९.९३ प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : 27 August, 2022 9:29 pm