बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित



काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

बाढीका कारण सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहने जनाइएको छ। बेनी–जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।  

कालीगण्डकी कोरिडोर अन्तर्गत बौदीकाली गाउँपालिका–०३ जन्ती पहिरोमा पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु रहेको छ । उक्त सडक खण्डमा हाल ठूला सवारी साधन आवतजावत गर्न नसक्ने अवस्था रहेको छ । बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण अवरुद्ध भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।  

प्रकाशित : 7 October, 2026 11:52 am