स्थानीय तहको समृद्धिको आधार सहकारी हो, समन्वय गरौ : नगरप्रमुख रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

स्थानीय तहको समृद्धिको आधार सहकारी हो, समन्वय गरौ : नगरप्रमुख रेग्मी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले बिहीवार पुतलीबजारमा बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले यस्तो बताएका हुन् ।

ग्रामिण क्षेत्रमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिदै उनले सहकारीको पूँजि र प्रविधिलाई जनताको आय आर्जनमा लगाउन उनले सुझाव दिए ।

कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले दुर्गम क्षेत्रमा बस्ने जनताको वित्तीय पहुँचको क्षेत्र सहकारी भएकाले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रीत बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला कफि सहकारी संघका अध्यक्ष फनिनारायण अर्याल, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठ, पुतलीबजार नगरपालिका सहकारी शाखाका प्रमुख विष्णुप्रसाद भुषाल, आधिखोला गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णप्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित : १० भदौ २०७९, शुक्रबार ११:२६ 26 August, 2022 11:26 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।