योग गुरु बाबा रामदेवको जन्म भारतको हरियाणा राज्यको महेन्द्रगढ जिल्लामा पर्ने अली सैयदपुर गाउँमा भएको हो । परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर भएकोले रामदेवले विद्यालयस्तरसम्म औपचारिक शिक्षा हासिल गर्न पाएनन् । उनी आफ्ना साथीहरुसँग सापटी मागेर किताब पढ्ने गर्देथे । बाल्यावस्थामा उनी आफ्नो धेरै सयम खेतमा काम गरेर विताउँथे । उनका बुवा सामान्य किसान थिए ।
भारतीय योग गुरु बाबा रामदेव अहिले विश्वभर चर्चित छन् । उनी चर्चित योग गुरुसँगै अर्बपति उद्योगी पनि हुन् । ‘पतंजली’ नामको उनको कम्पनीमा अहिले दैनिक करोडौंको कारोबार हुन्छ । तर, धेरै कम मानिसलाई थाहा होला उनी पहिले साइकलमा गाउँ गाउँ डुलेर आयुर्वेदिक औषधीहरु बेच्ने गर्दथे । रामदेव र नेपाली मुलका आचार्य बालकृष्ण सँगै साइकलमा गाउँ गाउँ डुलेर आयुर्वेदिक औषधी बिक्री गर्ने गर्दथे ।
रामदेव पहिले धेरै मोटा थिए । मोटोपनाका कारण उनी धेरै बिमार पनि हुन्थे । उनलाई साथीले ‘मोटे’ गिज्याउँथे । त्यसपछि उनी मोटोपना घटाउनका लागि गाउँमा सञ्चालन हुने योगशिविरमा जान थाले । जसबाट उनी योगसँग जोडिए ।
योगमा आकर्षण बढेसँगै रामदेव घरबाट भागेर खानपुरस्थित एक गुरुकुल स्कुलमा भर्ना भए । त्यहाँ उनले आचार्य प्रद्युम्न र योगाचार्य बलदेवसँग योगको शिक्षा लिए ।
गुरुकुलमा केही समय विताएपछि रामदेव हिमालयतर्फको यात्रामा लागे । ५ सालको हिमालय बसाइपछि उनी हरिद्वारा पुगे । हरिद्वारा पुगेर रामदेवले आफू सन्यासी बन्ने घोषणा गरे । हरिद्वारमा आफ्ना गुरु शंकरदेवको आश्रममा बस्ने गरेका रामदेवले त्यहाँ योग शिक्षा दिन पनि सुरु गरे । रामदेव आश्रममा उत्पादन हुने आयुर्वेदिक औषधी बिक्रीका लागि पनि नजिकैका गाउँहरु पुग्ने गर्थे । गुरुकुल बस्दाका आफ्ना सहयात्री आचार्य बालकृष्णलाई पनि रामदेवले औषधी बिक्री गर्न गाउँमा आफूसँगै लैजान्थे ।
शंकरदेवले सञ्चालन गरेको दिव्य योग ट्रस्टको जिम्मेवारी पनि विस्तारै रामदेवले सम्हाल्न थाले । योग शिविर सञ्चालनमा बालकृष्णले उनलाई सहयोग गर्दथे ।
रामदेव पहिले योग शिविरबाट लाइभ टेलिकास्ट गरेर आफ्ना सेन्दशहरु आम मानिससम्म पुर्याउँथे । पछि विस्तारै उनका शिविरहरुमा स्थानीय र केन्द्रीय स्तरका भारतीय नेताहरु आउन थाले । योगलाई रोगको उपचार गर्ने विधिका रुपमा प्रचार गरेपछि उनको चर्चा चल्न सुरु भयो ।
यसरी फैलियो कारोबार
सुरुको अवस्थामा रामदेव मात्र जडिबुटीको कारोबार गर्थे । बिस्तारै बिस्तारृै अायुर्दिक अाैषधी र अहिले दैनिक उपभोग्य वस्तुहरु बनाउन थाले । उनको कारोबारले अाज भारतमा निकै धुम मचाइसकेको छ भने अन्या प्रसिद्ध कम्पनीहरुलाई समेत पछाडि पारेको छ । जागरणबाट
Comment