बोर्डबाट पायो अवसर इक्विटी फन्डले भेन्चर क्यापिटलको लाइसेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बोर्डबाट पायो अवसर इक्विटी फन्डले भेन्चर क्यापिटलको लाइसेन्स



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स दिएको छ।

नेपाल स्टक एक्सचेन्जले सोमबार आयोजना गरेको नेपालमा डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष हमालले इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको बताएका हुन् ।

साथै, आवेदन दिएर नपाएकालाई पनि छिटै कागजात र मापदण्ड पूरा गर्न भनेका छन् । सेबोनमा १७ वटा कम्पनीले भेन्चर क्यापिटलको लाइसेन्स पाउन आवेदन दिएका छन्। तोकेको कागजात र मापदण्ड पूरा गर्ने कम्पनीहरुलाई पूर्वाधार तयार गर्न सेबोनले गरेको थियो। तिनै पत्राचार गरिएकामध्ये दुईवटा अवसर र ग्लोबल इक्विटीले पाएका हुन्।

भेन्चर क्यापिटलको लाइसेन्स पाउने तरखरमा रहेका कम्पनीहरुमा एनएमबि क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल, लक्ष्मी क्यापिटल र आध्यान्त फन्ड छन्।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार १५:२९