वित्तिय शुशासनमा ध्यान दिउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बिशेष

वित्तिय शुशासनमा ध्यान दिउ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेफ्स्कूनले आफैसंग आबद्ध  भएका संघ सस्थाहरुसंग समन्वय गरेर अगाडी बढ्न पर्छ जस्तो लाग्छ । यसमा नेफ्स्कून मात्र नभएर संस्थाहरु आफै पनि दह्रो कसरी बन्ने, तरलता कसरी कायम गर्ने भन्ने कुरामा बढी ध्यान पुर्याउनु पर्छ । नेफ्स्कून एउटा छाता संगठन हो ।

सबै संस्थाहरुसंग त्यो खालको पँहुच नपुर्याउन सक्लान । कतिपय संस्था नेफ्स्कूनसंग आबद्ध नभएका पनि छन् । त्यस्ता संस्थालाई विभागले केहि गर्न सक्दैन् । आबद्ध भएका संस्थामा तरलता समस्या धेरै रहेछ भने नेफ्स्कूनले समन्वय गरेर अगाडी बढ्न सक्छ । जसमा नेफ्स्कून भए, जिल्ला संघहरु भए । खासमा हेर्दा नेफ्स्कून भन्दा पनि संस्थाहरु आफै बलियो भएर अगाडी जानुपर्छ जस्तो लाग्छ । संस्थाले नै नेफ्स्कूनलाई मजबुद बनाउने हो ।

बचत तथा ऋण सहकारीका लागि एउटा छुट्टै ऐन चाहिएको छ । किनभने अहिले आएको सहकारी ऐन २०७४ मा नबुझिने गरी के कुरा लेखिएको छ भने आफ्ना कार्यक्षेत्रभित्र अस्थायी स्थायी रुपमा बसोबास गरेको व्यक्तिहरुलाई सदस्यता बनाउन सकिने छ । बचत तथा ऋणको कारोबार गर्न सकिने छ भनेर लेखिएको छ । तर त्यो ऐन बहुउद्देश्यीय र बचत तथा ऋणको एउटै हो नि त । तर बहुउद्देश्यीयले ३० प्रतिशत भन्दा बढीको बचत तथा ऋणको कारोबार गर्न पाउदैन् । त्यसैले यस्ता अन्य कुराहरुपनि छन् । जसले गर्दा बचत तथा ऋणलाई छ्ट्टै ऐनले परिभाषित गर्न खोज्यो भने अझै बलियो बन्न सक्छ भन्ने मेरो धारणा हो ।

हालसम्म नेफ्स्कुनले विभिन्न तालिमहरुको सिर्जना गराईदिएको छ । अर्का]तिर तरलता समस्या भएका संस्थाहरुलाई तरलता व्यवस्थापन गरेको छ । सबै कुरा पुर्ण रुपमा नेफ्स्कुनले मात्र पुर्याएको छ भन्ने कुरा हैन् । तर विभिन्न सुशासनका पाटाहरुमा करिब चार वटा कार्यक्रमहरु ल्याएको छ ।

जसमा प्रचारात्मक, पहुँच पुर्याउने त्यसैगरी लागत बढाउने कुरा र अहिले एउटा नँया ब्राण्डहरु पनि ल्याएको छ । जसले गर्दा संस्थालाई निगरानि गर्ने काम भईरहेको छ । त्यस्तै सुशासनमा कसरी लैजाने, पल्स पद्धतिलाई कसरी व्यवस्थापन गरेर लैजाने, सहकारीको गतिविधिहरु कसरी भईरहेको छ ।  पल्समा अनुसन्धान गर्ने कार्यक्रम भयो भने संस्थाहरुलाई अप्ठेरो पर्दैनथ्यो भन्ने हो ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार ०४:४८ 16 August, 2022 4:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।