नेफ्स्कूनले आफैसंग आबद्ध भएका संघ सस्थाहरुसंग समन्वय गरेर अगाडी बढ्न पर्छ जस्तो लाग्छ । यसमा नेफ्स्कून मात्र नभएर संस्थाहरु आफै पनि दह्रो कसरी बन्ने, तरलता कसरी कायम गर्ने भन्ने कुरामा बढी ध्यान पुर्याउनु पर्छ । नेफ्स्कून एउटा छाता संगठन हो ।
सबै संस्थाहरुसंग त्यो खालको पँहुच नपुर्याउन सक्लान । कतिपय संस्था नेफ्स्कूनसंग आबद्ध नभएका पनि छन् । त्यस्ता संस्थालाई विभागले केहि गर्न सक्दैन् । आबद्ध भएका संस्थामा तरलता समस्या धेरै रहेछ भने नेफ्स्कूनले समन्वय गरेर अगाडी बढ्न सक्छ । जसमा नेफ्स्कून भए, जिल्ला संघहरु भए । खासमा हेर्दा नेफ्स्कून भन्दा पनि संस्थाहरु आफै बलियो भएर अगाडी जानुपर्छ जस्तो लाग्छ । संस्थाले नै नेफ्स्कूनलाई मजबुद बनाउने हो ।
बचत तथा ऋण सहकारीका लागि एउटा छुट्टै ऐन चाहिएको छ । किनभने अहिले आएको सहकारी ऐन २०७४ मा नबुझिने गरी के कुरा लेखिएको छ भने आफ्ना कार्यक्षेत्रभित्र अस्थायी स्थायी रुपमा बसोबास गरेको व्यक्तिहरुलाई सदस्यता बनाउन सकिने छ । बचत तथा ऋणको कारोबार गर्न सकिने छ भनेर लेखिएको छ । तर त्यो ऐन बहुउद्देश्यीय र बचत तथा ऋणको एउटै हो नि त । तर बहुउद्देश्यीयले ३० प्रतिशत भन्दा बढीको बचत तथा ऋणको कारोबार गर्न पाउदैन् । त्यसैले यस्ता अन्य कुराहरुपनि छन् । जसले गर्दा बचत तथा ऋणलाई छ्ट्टै ऐनले परिभाषित गर्न खोज्यो भने अझै बलियो बन्न सक्छ भन्ने मेरो धारणा हो ।
हालसम्म नेफ्स्कुनले विभिन्न तालिमहरुको सिर्जना गराईदिएको छ । अर्का]तिर तरलता समस्या भएका संस्थाहरुलाई तरलता व्यवस्थापन गरेको छ । सबै कुरा पुर्ण रुपमा नेफ्स्कुनले मात्र पुर्याएको छ भन्ने कुरा हैन् । तर विभिन्न सुशासनका पाटाहरुमा करिब चार वटा कार्यक्रमहरु ल्याएको छ ।
जसमा प्रचारात्मक, पहुँच पुर्याउने त्यसैगरी लागत बढाउने कुरा र अहिले एउटा नँया ब्राण्डहरु पनि ल्याएको छ । जसले गर्दा संस्थालाई निगरानि गर्ने काम भईरहेको छ । त्यस्तै सुशासनमा कसरी लैजाने, पल्स पद्धतिलाई कसरी व्यवस्थापन गरेर लैजाने, सहकारीको गतिविधिहरु कसरी भईरहेको छ । पल्समा अनुसन्धान गर्ने कार्यक्रम भयो भने संस्थाहरुलाई अप्ठेरो पर्दैनथ्यो भन्ने हो ।
Comment