प्रविधिलाई अंगालेर अगाडी बढ्नुको विकल्प छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

प्रविधिलाई अंगालेर अगाडी बढ्नुको विकल्प छैन



अहिले देखिएको समस्या भनेको नेफ्स्कूनको छाता भन्दा बाहिर भएका विभिन्न सहकारी संस्थाहरुमा समस्याहरु आएको छ । नेफ्स्कूनको सदस्यता लिएका, यसको निति नियम मानेका, नेफ्स्कुनको क्षेत्रअधिकार भित्र परेकाहरु संस्थाहरु समस्यामा परेका छैंनन् ।

अहिले जतिपनि समस्या देखिएका बेतिथि बढेका संस्थाहरु छन् ती नेफ्स्कून बाहिरका संस्थाहरु छन् । जुन ननप्रोडक्टिभ सेक्टरमा लगानी गर्ने लगानी डुबेपछि बचत कर्ताको रकम फिर्ता गर्न नसक्ने कारणले गर्दा पछिल्लो समय समस्या देखिएको हो । नेफ्स्कूनभित्र आबद्ध प्रारम्भिक संस्थालाई यस विषयमा पहिलेनै सु सचित गरेको छ । त्यसमा पनि अहिले स्थिरीकरण कोषको पनि स्थापना भईसकेको छ । यो कोषलाई बचत तथा ऋण सहकारीको सुरक्षा कबचको रुपमा लिईएको छ ।

सहकारी क्षेत्रको एक दुई वटा सहकारीले माहोल बिगार्ने अनि मुछ्दा सबै मुछिने गरेका छन् । अरुभन्दा बचत तथा ऋण सहकारी धेरै छन् । त्यसले गर्दा यो विशुद्ध वित्तिय कारोबार गर्ने संस्था हो । त्यसैले अहिले यस्ता समस्याको नियमन गर्न अप्ठेरो भयो भनेर छ्ट्टै ऐन ल्याउने भनेर अभियानले धेरै अगाडी देखि कुराहरु राखिरहेको छ । नेफ्स्कुनले पनि यसमा बहस पैरवीहरु गरिरहेको छ । ड्राफ्ट पनि तयार गरिसकेको भन्ने बुझिएको छ। तर सरकारले यस विषयमा धेरै सुनुवाई गरेको जस्तो देखिदैन् । छुट्टै ऐन भयो भने बचत तथा ऋण सहकारीमा धेरै सहजता मिल्छ ।

नेफ्स्कुनले गुणस्तरका कुरादेखि क्रप्स कार्यक्रम, पहुँच पुर्याउने कार्यक्रम लगाएत विभिन्न कार्यक्रम गर्दै आएको छ । नेफ्स्कुनको छुट्टै तालिम विभाग छ । यसले हरेक महिना क्षेत्रगत रुपमा उच्च स्तरीय तालिमको आयोजना गर्छ आफ्नो फिल्ड कार्यलयहरुमार्फत जसले गर्दा त्यस तालिममा सहभागी हुने सहकारीले धेरै फाईदा लिएका छन् । देशको समग्र सहकारी अभियानलाई हेर्दा नेफ्स्कूनले सञ्चालन गरेका कार्यक्रमहरुमा जस जसले अङ्किकार गरेका छन् ति सहकारीहरु नेपालमा अग्र स्थानमा छन् । जसमा एक्यबद्धता प्रणाली गरेको छ, सबैमा एकरुपता कायम गर्ने देखि धेरैकुरामा कार्यक्रम गरि अगाडी बढेको छ । नेफ्स्कून यो रुपमा विकास नभएको भए साकोस अभियान धेरै पछि हुन्थ्यो ।

साकोस समिट भर्खर सम्पन्न भएको छ । जसमा, आगामी दिनमा सहकारीलाई डिजिटलाईजेसनमा नगए साकोसहरु पछि पर्नसक्छन् । त्यसैले हामी प्रविधितर्फ जानुपर्छ । आगामी दिनमा नयाँ आएका बद्धलिदो प्रविधिसंगै हामी अगाडी बढ्न पर्छ । नेफ्स्कुनले सफ्टवयरको विकास गदै छ भदौसम्म सकिन्छ भन्ने सुनिएको छ । सहकारी पनि बैंक जस्तै डिजिटलाईजेसनमा जाने भनिएको छ । त्यो भयो भने सहकारी धेरै अगाडी जानेछ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०४:३५