काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ७७.०१ अंकले घटेर एक हजार ९ सय १५ दशमलब ६१ विन्दुमा पुगेर रोकिएको हो ।
आज सेन्सेटिभ इण्डेक्स १३.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंक घटेको छ। त्यस्तै, आज नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । सोमबार नेप्सेमा २ अर्ब ३२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरु मध्ये एक कम्पनीको शेयरमुल्य बढेको छ भने १८८ कम्पनीको शेयरमुल्य घटेको छ ।
नेप्सेका अनुसार आज ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्टिलरीको भएको छ । यसको आज ११ करोड ४ लाख ३५ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment