हिमालयन बैक र सिभिल बैकबीच मर्जर पक्का,शुक्रबार सहमति हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैक र सिभिल बैकबीच मर्जर पक्का,शुक्रबार सहमति हुने



काठमाडौं । हिमालयन बैक लिमिटेड र सिभिल बैक लिमिटेडबीच आगामी शुक्रबार मर्ज हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्जर भाडिएपछि हिमालयन बैंक सिभिल बैकसंग मर्ज हुन लागेको हो ।

स्रोतका अनुसार हिमालयन बैंकले स्वाप रेसियो १०० बराबर ८१ गर्ने भएको छ । आगामी जेठ २४ गते शुक्रबार दुबै बैक बिच औपचारिक सहमति हुने जनाईएको छ । हाल हिमालयनको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिलको ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । मर्जपपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।

मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणाले नै निरन्तरता पाउने छन् । नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिल बैंकका सुनील पोखरेल हुनेछन् ।

प्रकाशित : २२ असार २०७९, बुधबार १४:०२