नबिल र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्दै



काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार भएको छ। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो । यी दुबै बैंकको जेठ ७ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती गर्ने सम्बन्धी प्रस्ताव पारित भएको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन्। दुई बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : २० असार २०७९, सोमबार १२:४८