काठमाडौं २४ मंसिर। काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने जिम्मा पाएका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष भवन भट्टले राजीनामा दिएका छन् । बोर्ड बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
नयाँ अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ । गत माघ २८ मा भट्ट अध्यक्ष भएका थिए । उनी अध्यक्ष बनेपनि सुरुङ मार्ग निर्माणमा कुनै प्रगति भएन । सुरुङमार्ग निर्माणमा समय दिन नसकेकाे र विदेशमा रहेको व्यवसायमा व्यस्त रहेको भन्दै राजीनामा दिएका छन् ।
माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । अडिट रिपोर्टको छलफलको बिषयमा विवाद उत्पन्न भएपछि कम्पनीले गत चैतमा सहअध्यक्षबाट केसीलाई हटाएको थियो भने तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।
Comment