प्रोगेसिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रोगेसिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ४ लाख ८० हजार ६० कित्ता शेयर सूचीकृत भएको हो ।

फाइनान्सको गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ६ असार २०७९, सोमबार १२:५८