नेपाल इन्भेष्टमेन्ट र मेगाबीच मर्जमा जान सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट र मेगाबीच मर्जमा जान सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच एक–आपसमा गाभिने (मर्ज) मा जान समझदारीपत्र (एमओयू) गरेका छन् । दुबै बैंकले शुक्रबार मर्जरमा जान एमओयूमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकका सञ्चालकहरूले इन्भेस्टमेन्टकाे १ सयबराबर मेगाको ९० रुपैयाँ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय हुने निर्णय भइसकेको बताएका छन् ।

एमओयूमा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका छन् ।

मर्जपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत बैंकिङ कारोबार हुने छ । मर्जपछि इन्भेष्टमेन्ट मेगा साढे ५० अर्ब रुपैयाँको बैंक बन्ने छ । संभवत पुँजीगत आधारमा इन्भेष्टमेन्ट मेगा नै देशको सबैभन्दा ठूलो बैंक हुने छ ।

यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेर चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंकको रुपमा आफुलाई उभाएको थियो । ग्लोबलले जनतालाई गाभे पश्चात ग्लोबलको चुक्ता पुँजी करिव २४ अर्ब रुपैयाँ छ । इन्भेस्टमेन्टको १ सय बराबर मेगाको ९० रुपैयाँ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज हुने भएको हो ।

एकिकृत बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल इन्भेष्टमेन्टबाट र डिसियो मेगा बैंकबाट रविना देशराज श्रेष्ठ रहने भएको छ । एमओयूअनुसार पृथ्वीबहादुर पाण्डे एकिकृत बैंकको अध्यक्ष र ज्योतिप्रकाश पाण्डे (सीइओ) बन्ने छन् ।

हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । यस्तै मेगा बैंकको १६ अर्ब १२ करोड चुक्ता पुँजी छ । मर्जपश्चात बन्ने नेपाल इनभेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ । यस्तै सञ्चित कोष (रिजर्भ) १८ अर्ब ७ करोड रुपैयाँ हुने छ । दुवै बैंकको रिजर्भ र चुक्ता पुँजी जोड्दा ५० अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

दुवै बैंकको निक्षेप ३ खर्ब ८७ अर्ब ८७ करोड र कर्जा ३ खर्ब १२ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । निक्षेप र कर्जा लगानीमा पनि सबैभन्दा ठूलो बैंक हुने छ ।

चालू आर्थिक वर्ष ०७८/०७९ को तेस्रो त्रैमासम्ममा मेगा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुदनाफा गरेको छ । इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुदनाफा छ ।

यसअघि नेपाल इन्भेष्टमेन्ट हिमालयन बैंक मर्जमा जान एमओयू भएको थियो । हिमालयन बैंकका सञ्चालकबीचको विवादले मर्ज तोडिएपछि राष्ट्र बैंकको कारवाहीमा परेको छ । बैंकले अन्य कुनै सँस्थालाई गाभेपछि मात्रै बैंक केन्द्रीय बैंकको काराहीबाट मुक्त गर्नेछ । हिमालयनले मर्जको प्रक्रिया सुरु गरेको छैन ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार १९:५१