काठमाडौं । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालले आफ्ना सदस्य धितोपत्र दलाल ब्यवसायिहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका केहि कार्यहरुलाई एकीकृत रुपमा अगाडि बढाउने प्रयास अनुरुप बिभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ ।
लगानिकर्ता सचेतना तथा शिक्षालाई प्राथमिकतामा राखि स्वास्थ्य, शिक्षा, खेलकुद लगायत अन्य सामाजिक क्षेत्रहरुसँग सम्बन्धित कार्यक्रमहरु पनि तर्जुमा गरिएको छ । लगानिकर्ता सचेतना तथा शिक्षासँग सम्बन्धित केहि कार्यक्रमहरु सम्पन्न भैसकेका छन् भने अझ बिस्तृत कार्यक्रमहरु पनि कार्यान्वयनमा गईसकेको जनाएको छ ।
यसैगरि एसोसिएसनले खेलकुद क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरुलाई अगाडि बढाउने क्रममा फुटसल फर युनिटको नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पुर्ण निकायहरुलाई समेटि ‘एसब्यान क्यापिटल मार्केट फुटसल कप २०२२’ को आयोजना गरेको छ ।
यो प्रतियोगिता चण्डोल स्थित ढुकु फुट्सल हबमा आगामी जेठ २८ गतेकोे ११ः३० बजे सुरु हुने भएको छ । उक्त प्रतियोगिता चार दिन सञ्चालन हुने जनाएको छ । यसको ब्यवस्थापन इभेन्ट कोर्ट प्रा. लि. ले गर्ने भएको छ ।
सिडिएस एण्ड क्लियरिङ लि, धितोपत्र दलाल ब्यवसायि, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सि, निक्षेप सदस्य लगायत अन्य पुजिबजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता यस प्रतियोगितामा रहने बताईएको छ । प्रतियोगितालाई पारदर्शी बनाउन तथा यसको प्राविधिक पक्षको उचित सन्चालनका लागि एन्फाद्वारा प्रमाणित रेफरिहरुमा सम्पुर्ण खेलहरुको नियन्त्रण रहनेछ ।
यस प्रतियोगिताका बैंकिङ्ग पार्टनर, मिडिया पार्टनर र वेब पार्टनरमा क्रमश ग्लोबल आइएमइ बैक लि।, मेरोलगानी डटकम तथा गोलनेपाल डटकम लगाएतको सहयोग रहने जनाईएको छ ।
धितोपत्र बजारसँग सम्बन्धित सम्पुर्ण सरोकारवाला निकायहरु तथा तिनमा कार्यरत कर्मचारीहरु बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो प्रतियोगिता हरेक बर्ष आयोजना गरिनेछ ।
Comment